अतिक्रमणमा भोजपुरका सार्वजनिक बाटोहरु

माघ १५, २०७८

भोजपुरमा पछिल्लो समय सार्वजनिक बाटोहरु अतिक्रमणमा पर्न थालेका छन् । बाटो छेउछाउका बासिन्दा र कतिपय सरकारी कार्यालयले नै सार्वजनिक बाटो मास्न थालेका हुन् । अधिकांश ठाउँमा नापी नक्सामा कायम रहेका सार्वजनिक बाटोहरु कब्जा गरी घर बनाउने क्रम बढे पनि स्थानीय प्रशासन, स्थानीय सरकारले संरक्षणका लागि चासो दिएका छैनन् । सदरमुकामस्थित भोजपुर नगरपालिका ७ र १२ को सीमासँगै नापी नक्सामा रहेको सार्वजनिक बाटो अतिक्रमणमा परेको छ । 

डाँडागाउँस्थित नापी कार्यालयको बीचमा रहेको सार्वजनिक बाटो बन्द गर्ने प्रयास गरेपनि सरोकारवाला सर्वसाधारणको दवावपछि नापी कार्यालयले तीन फिटको सार्वजानिक बाटो कायम गर्ने भएको छ । यस्तै बर्षौदेखि नापी नक्सामा कायम भइ सर्वसाधारण हिंडने गरेको भोजपुर र टक्सारको सिमानामा कायम रहेको सार्वजनिक बाटो अतिक्रमणमा परेको भोजपुर डाँडागाउँ पोखरे टोल विकास समितिका अध्यक्ष राजन राईले बताउनुभयो । सडक विस्तारसँगै सदरमुकाम लगायत विभिन्न स्थानमा सार्वजनिक बाटो, मठ मन्दीर, पाटीपौवा, पोखरी, खेलमैदान लगायत सार्वजनिक महत्वपूर्णस्थलहरु अतिक्रमणको चपेटामा परेका छन् । 


प्रतिक्रिया