आफ्नै सवारी प्रयोग गर्न पाइने

फाल्गुन ५, २०७८

धनकुटामा संचालन हुँदै आएको सवारी चालक अनुुमति पत्रको प्रयोगात्मक परीक्षामा परीक्षार्थीले अब आफ्नै सवारीसाधन प्रयोग गर्न पाउने भएका छन् । यसअघि निजी ट्रायल सेन्टरले उपलब्ध गराउने सवारी साधनबाट मात्रै परीक्षा दिन पाउने ब्यबस्थाले परीक्षार्थीले महगों अतिरिक्त शुुल्क तिर्नुपर्ने बाध्यता थियो । 

यातायात ब्यबस्था सेवा कार्यालय धनकुटाले आजबाट लागु हुुने गरि मोटरसाइकल, स्कुुटर, कार, भ्यान लगायत साना सवारी र ट््याकटर चालकको प्रयोगात्मक परिक्षामा आफ्नै सवारी प्रयोग गर्न सक्ने ब्यबस्था गरेको हो ।


प्रतिक्रिया