नाच प्रदर्शन गर्न ‘देवगण’ पनौतीमा

चैत्र २८, २०७८
प्रत्येक १२ बर्षमा हुने हरिसिद्धी जात्रामा नाच प्रदर्शन गर्न देवगणहरु काभ्रेको पनौती पुगेका छन् । ललितपुरको हरिसिद्धीबाट पुगेका देवगणलाई पनौतीवासीले पुजाआजासहित नगर परिक्रममा गराएका छन् । पनँैतीबाट पुरुषोतम कर्माचार्यको नेतृत्वमा गएको टोलीले हरिसिद्धीबाट देवगणलाई पनौती लगेको हो ।
आर्थिक अभावका कारण ६० बर्षपछि २०६६ सालमा पनौतीमा हरिसिद्धी जात्रा दोस्रो पटक पुनः हुन लागेको हो । यसअघि धुलिखेलमा देवजू परिवारले चैत्र १८ देखि २१ गतेसम्म हरिसिद्धी जात्रा सञ्चालन गरेको थियो । धुलिखेलबाट दोलखा गएको देवगणको टोली काठमाडौं जयवागेश्वरीमा नाच देखाएर पनौती पुगेको हो ।
सो जात्रा ललितपुरमा हरेक बर्ष ३ पटक र पशुपति, दोलखा, धुलिखेल, पनौती लगायतका स्थामा प्रत्येक १२ बर्षमा लाग्ने गरेको छ । हरसिद्धीको पूजा, अर्चनाले हरेक कुरा सिद्धी हुने जनविश्वास छ ।