भारतीय पर्यटक बोकेको गाडी र सुमो ठोक्किदा ५ जनाको मृत्यु

वैशाख २१, २०७९

काभ्रेको रोशीमा भारतीय पर्यटक बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं आउँदै गरेको सुमो ठोक्किदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ । 

भारतीय पर्यटक बोकेको फोर्स गाडी र काठमाडौं आउँदै गरेको सुमो ठोक्किदा ५ जना नेपाली नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो । 

अन्दाजी ७ बर्षको बालकसहित अन्य मृतकको पहिचान खुलि नसकेको खतिवडाले बताउनुभयो । अन्य घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । 


प्रतिक्रिया