रुपन्देहीमा १२ वर्षिया बालिका बलात्कृत

जेष्ठ ९, २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बलात्कार गरेको अभियोगमा प्रहरीले ५९ वर्षीय रुकनाथ ढकाललाई पक्राउ गरेको हो । पक्राउ परेका ढकाललाई जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरी थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो । 

अभियुक्तले बालिकालाई बलात्कार गरेको स्वीकार गरेका छन् । मिठाइ खान दिने प्रलोभन देखाएर चिनजानका ढकालले ती बालिकालाई आइतवार साँझ नजिकैको तिनाउखोलामा लगेर बलात्कार गरेको खुलासा भएको प्रहरीले जनाएको छ । बालिका चिच्याएपछि स्थानीयले उद्धार गरी प्रहरीलाई खबर गरेका थिए ।


प्रतिक्रिया