सल्यानले सार्वजनिक विदामा पनि सेवा दिदै

वैशाख १८, २०८० | सल्यान

जिल्ला प्रशासन कार्यालय सल्यानले सार्वजनिक विदाको दिनमा पनि सेवा सुरु गरेको छ । सेवाग्राहीको हितलाई मध्यनजर गर्दैर् प्रशासनले सार्वजनिक विदाको दिनमा पनि सेवा प्रवाह गरेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले बताउनुभयो ।

कार्यालयले शनिवारका दिन बाहेक अन्य दिनमा सेवा दिने भएको हो । गृह मन्त्रालयको निर्णय अनुसार बैशाख १ गतेदेखि चैत्र मसान्तसम्म विदाको दिनमा पनि नियमित रुपमा सेवा प्रवाह हुने अभिकारी खरेलले बताउनुभयो ।   


प्रतिक्रिया