भारतबाट ल्याएको काठ बरामद

वैशाख २१, २०८० | बर्दिया

बर्दियाको मधुवन नगरपालिका–९ धर्मवस्तीस्थित नेपाल–भारत सीमा नाकाबाट करिब १ लाख ३५ हजार मूल्य बराबरको काठ सशस्त्र प्रहरी बलले बरामद गरेको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक लिलबहादुर नेपालीको कमाण्डमा खटिएको टोलीले करीब १ लाख ३५ हजार मूल्य बराबरको ३० क्यूफिट सालको काठ बरामद गरेको हो ।

भारतबाट तस्करी गरी नेपालतर्फ ल्याउँदै गरेको सालको काठ बरामद गरेको हो । बरामद गरिएको सो काठ वन कार्यालय पठाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्र थापाले बताउनुभयो । 


प्रतिक्रिया