अर्घाखाँचीमा आगो निभाउन खोज्दा ५ जना गम्भिर घाइते

वैशाख २६, २०८० | अर्घाखाँची

आगो निभाउन खोज्दा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ तिरतिरेमा ५ जना घाइते भएका छन् । जंगलमा लागेको आगो स्थानीय ५५ वर्षीय पदम बेल्वासेको घरमा सल्केको थियो । आगो निभाउन खोज्दा स्थानीय माधव बेल्वासे, घनश्याम बेल्वासे, पिताम्बर बेल्वासे र अस्मिता बेल्वासे घाइते भएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो । घाइतेहरुलाई थप उपचारकालागि पाल्पा लगिएको हाम्रा सहकर्मीले जनाएका छन् । 


प्रतिक्रिया