स्रोत नखुलेको ४ लाख भारुसहित कपिलवस्तुबाट एक पक्राउ
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2023/third-party/thumb-1686149967.jpg&w=700&height=600)
जेष्ठ २४, २०८० | कपिलवस्तु
स्रोत नखुलेको ४ लाख भारतीय रुपैयाँ सहित कपिलवस्तुबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सीमा नाका कृष्णनगरस्थित यात्रु गेटबाट चार लाख १७ हजार भारतीय नोट सहित दाङको राप्ती गाउँपालिका–३ बस्ने २२ वर्षीय राजकुमार पुनमगरलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतको बढनीबाट नेपालतिर आउँदै गरेका राजकुमारको सुरक्षा जाँच गर्ने क्रममा सो परिमाण बराबरको भारु बरामद भएको कृष्णनगरस्थित ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
उनको साथबाट भारु पाँच सय दर ७ सय ९४ थान र दुई सय दरका एक सय थान नोट बरामद भएको प्रहरीले जनाएको छ ।