सुनकोशी नदीमा नुहाउने क्रममा डुबेर एक महिलाको मृत्यु

जेष्ठ २९, २०८१ | सिन्धुली

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ हैबार कटहरे नजिक सुनकोशी नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ । 

साथीहरुसँग नुहाउन गएकी गोलन्जोर–६ कै मेवाबोटेकी ३० वर्षीया चन्द्रकला हायूको सुनकोसी नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

नुहाउने क्रममा ढुंगामा चिप्लिएर नदीमा खसेपछि बेपत्ता भएकी हायूको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गोविन्द काफ्लेले जानकारी दिनुभयो । 

हायूको शवको मंगलबार नै सिन्धुली अस्पतालमा पोष्टमार्टम गरी परिवारलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । गर्मी बढेसँगै नदीनालामा नुहाउन जानेहरुको संख्या बढेकाले सचेत हुने समेत प्रहरीले आग्रह गरेको छ । 


प्रतिक्रिया