सिरहामा खाल्डोमा डुबेर एकको मृत्यु

श्रावण ५, २०८१ | सिरहा

सिरहाको गोलबजारस्थित इँटा उद्योगले खनेको खाल्डोमा डुबेर एक जनाको मृत्यु भएको छ । गोलबजार नगरपालिका-८ वलकावामा इँटा बनाउन खनेको खाल्डोमा डुबेर स्थानीय ६० वर्षीय मनोज थापाको मृत्यु भएको हो । 

बिहीबार बिहानैबाट हराएका थापाको शव शुक्रबार साँझ गाउँ भन्दा करीब एक सय मिटरको दूरीमा रहेको खाल्डोमा भेटिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । 

शव भेटिएकै बाटो हुँदै थापाको खेत जाने भएकाले खेत जाँदा चिप्लिएर पानीमा परेको हुनसक्ने प्रहरीको अनुमान छ । शवलाई पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया