६९ औं प्रहरी दिवसका अवसरमा सहिदका परिवारलाई सम्मान

आश्विन ३०, २०८१ | हेटौंडा

बाग्मती प्रदेश प्रहरी कार्यालयले ६९ औं प्रहरी दिवसका अवसरमा अमर शहिद परिवारलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । 

मंगलबार मकवानपुरको हेटौंडामा आयोजित कार्यक्रमा ड्युटीमा खटिएको अवस्थामा ज्यान गुमाएका अमर सहिदका परिवारलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । 

२०८० भदौ २० गते सिन्धुपाल्चोकमा आफ्नो जिम्मेवारी बहन गरिरहेको अवस्थामा ज्यान गुमाएका मकवानपुर राक्सिराङ गाउँपाालिका—५ का प्रहरी जवान शिवनकुमार चेपाङका परिवारलाई ६० हजार रुपैयाँसहित प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक कृष्णहरि शर्माले सम्मान गर्नु भएको हो । 

कोदारी बजारबाट लिपिङतर्फ पैदल गस्ती गरिरहेको अवस्थामा स्कूटरले ठक्कर दिएर प्रहरी जवान चेपाङको मृत्यु भएको थियो । 

साथै सो कार्यक्रममा एक दर्जन भन्दा बढी अमर सहिदका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्नु भएको थियो ।


प्रतिक्रिया