सागका पदकधारी खेलाडीलाई नगर परिक्रमा गराईदै

रेडियो कान्तिपुर संवाददाता

मंसिर २७, २०७६ | काठमाडौं

१३ औँ दक्षिण एसियाली खेलकुद सागका पदक विजेता खेलाडीलाई आज उपत्यका परिक्रमा गराईने भएको छ । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट बिहान ११ बजे सुरु हुने विजयी यात्रा न्युरोड, रत्नपार्क, भृकुटिमण्डप, थापाथली, पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, नयाँ थिमी, सल्लाघारी, सुर्यविनायक हुँदै सोही रुटमा फर्कने छ ।

 राष्ट्रिय खेलकुद परिषद राखेपले विजेता खेलाडीलाई काठमाडौं ललितपुर र भक्तपुर परिक्रमा गराउन लागेको हो । बुधबार सकिएको १३ औँ दक्षिण एसियाली खेलकुद सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक हात पारेको थियो ।  


प्रतिक्रिया