फागुनमा सताक्षी गोल्डकप हुने

माघ ५, २०७६ | झापा

– सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण फागुन पहिलो साता झापामा सुरु हुने भएको छ । प्रतियोगिता फागुन ३ देखि १० गतेसम्म शिवसताक्षी नगरपालिकाको झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा सञ्चालन हुने आयोजक सतासीधाम स्पोर्टिङ क्बलले जनाएको छ । क्लबले आज पत्रकार सम्मेलन गरी विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने जनाएको हो । 

सर्वोत्कृष्ट खेलाडीले ५० हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ दी म्याचले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका उपाध्यक्ष फुर्वा तामाङले बताए । विद्यागततर्फ उत्कृष्ट मीडफिल्डर, फरवार्ड, डिफेन्स, गोलकिपर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ए डिभिजन टोलीसहित सहभागी हुने जानकारी गराउदै आयोजकले घरेलु टोली झापा ११ भने सहभागी नहुने निश्चित भएको तामाङको भनाई छ । 


प्रतिक्रिया