मनाङको अपराजित यात्रा कायमै, संकटा ३-० ले पराजित

माघ १५, २०७६ | ललितपुर

मनाङ मर्स्याङ्दीले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आफ्नो अपराजित यात्रा नवौं खेलसम्म पुर्‍याएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आज भएको एक मात्र खेलमा संकटा क्लबलाई ३-० ले पराजित गर्दै मनाङ १९ अंकमा तेस्रो स्थानमा यथावत रहेको हो । 

त्रिभुवन आर्मी २० अंकमा शीर्ष स्थानमा रहँदा मच्छिन्द्र क्लब १९ अंकमा दोस्रो स्थानमा छ ।

अमित तामाङको आत्मघाती गोलबाट अग्रता बनाएको मनाङलाई पाँचौ जित दिलाउन अञ्जन बिष्ट र निशान लिम्बुले गोल गरे ।

नवौं चरणका अन्तिम दुई खेलमा भोलि फ्रेण्ड्स क्लब र च्यासल युथ क्लब तथा न्युरोड टिम एनआरटी र ब्रिगेड ब्लाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया