सुदुरपश्चिम खप्तड गोल्डकपमा पुलिस र एपीएफ भिड्दै

फाल्गुन १५, २०७६ | ..काठमाडौं

रेडियो कान्तिपुर संवाददाता

सर्वाधिक पुरस्कार राशीको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगीतको तेस्रो क्वार्टरफाईनलमा आज नेपाल एपीएफ र नेपाल पुलिसबिच प्रतिस्पर्धा हुदैछ । सेमिफाईनल प्रबेशको योजनामा रहेका विभागीय टोली दिउासो ३ बजे एक अर्काबिरुद्ध मैदान उत्रनेछन् । 

धरानमा जारी बुढासुब्बा गोल्डकपको सेमिफाईनल पुगेको पुलिसले आफ्नो पहिलो रोजाईको सेटलाई एपीएफबिरुद्ध मैदान उतार्नेछ । पुलिस वाई पाएर सिधै क्वार्टरफाईनल प्रबेश गरेको हो भने एपीएफले न्युरोड टिम एनआरटीलाई हराएर पुलिससंगको भेट पक्का गरेको हो । आजको विजेताले सेमिफाईनलमा आयोजक सुदुरपश्चिम ११ को सामना गर्नेछ ।

सुनसरीमा जारी २२ औ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगीताको दोस्रो सेमिफाईनलमा आज ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लब र विभागीय नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन् । मोफसलको दोस्रो उपाधि उचाल्ने योजनामा रहेको मछिन्द्र विभागीय टोलीलाई हराउदै मनाङसंगको उपाधि भेट पक्का गर्ने दाउमा छ ।

 पुलिस पनि बलियो टोली मछिन्द्रलाई पराजित गर्दै पहिलो उपाधि हात पार्ने लक्ष्यमा आज मैदान उत्रनेछ । सुनसरीस्थित धरान रंगशालामा दिउँसो सवा ३ बजे गोल्डकपको दोस्रो सेमिफाईनल खेल सुरु हुनेछ । आजको विजेताले शनिबार मनाङ मस्र्याङदी क्लबसंग प्रतिस्पर्धा गर्नेछ । यसअघि हिजो भएको पहिलो सेमिफाईनलमा पाहुना टोली युकेएफसी भारतलाई २–० ले हराउदै मनाङ मस्र्याङदी क्लबले उपाधि यात्रा तय गरेको थियो ।

८ टोली सहभागी गोल्डकपको उपाधि विजेता टोलीले १० र उपविजेता टोलीले ५ लाख रुपैया प्राप्त गर्नेछन् ।