लिप्जिङ बुण्डेश लिगाको तेस्रो स्थानमा उक्लियो

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १२, २०७७ | एजेन्सी

आरबी लिप्जिङ बुण्डेश लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । पछिल्लो खेलमा माईन्जलाई ५–० को फराकिलो अन्तरले हराउँदै लिप्जिङले शीर्ष टोलीमाथी दबाव बढाएको हो । 

उसलाई शानदार जित दिलाउन टिमो वार्नरले ह्याट्रीक गरे । युसुफ पुल्सेन र मार्सेल सबिट्जरले एक एक गोल गरे । खेलको ११ औँ मिनेटमा पहिलो गोल गरेका वार्नरले ४८ र ७५ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । २७ खेलबाट ५४ अंक जोडेको लिप्जिङ दोस्रो स्थानको बोरुसिया डर्टमण्डभन्दा ३ अंकले पछि छ ।

गएराती नै दुसेलडर्फ र एफसी क्लोनले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । हिजोको पहिलो खेलमा अक्सवर्गले साल्केलाई ३–० ले हराएको थियो । जितले अक्सवर्गलाई तालिकाको १२ औँ स्थानमा पुर्याएको छ । 


प्रतिक्रिया