बुण्डेश लिगामा दुसेलडर्फ र होफिनहाम विजयी

जेष्ठ १५, २०७७ | एजेन्सी

जर्मन बुण्डेश लिगा फुटबलका पछिल्ला खेलमा दुसेलडर्फ र होफिनहाम विजयी भएका छन् । गएरातीका अन्य ३ खेल भने बराबरीमा सकिएका छन् । 

साल्केलाई २–१ ले हराउँदै दुसेलडर्फले तालिकामा महत्वपुर्ण अंक हात पारेको हो । २८ खेलबाट २७ अंक जोडेको ऊ रेलिगेशन जोनबाट माथी उठ्न संर्घषरत छ ।

अर्को खेलमा होफिनहामले एफसी क्लोनलाई ३–१ ले स्तब्ध पार्‍यो । यो जितले होफिनहामलाई तालिकाको सातौ स्थानमा पुर्‍याएको छ । २८ खेलबाट ३९ अंक जोडेको होफिनहाम छैठौ स्थानको वुल्फवर्गभन्दा ३ अंकले पछि छ ।

गएराती आरबी लिप्जिङ र हार्थ बर्लिनले २–२ को बराबरी खेल्दै अंक बाँड्दा युनियन बर्लिन र माईन्जले एक एकको बराबरी खेलेका छन् । बराबरीका बाबजुत आरबी लिप्जिङ तेस्रो स्थानमा कायम छ । हार्थ बर्लिन ३५ अंकमा तालिकाको दशौ स्थानमा छ ।

गएराती नै अक्सवर्ग र पाडेर वर्नले गोलरहित बराबरीको नतिजा निकाले ।  


प्रतिक्रिया