सागमा पदक जित्ने कुनै नेपाली खेलाडी डोपिङमा छैनन : राखेप

जेष्ठ १५, २०७७ | काठमाडौं

राष्ट्रिय खेलकुद परिषद राखेपले १३ औं दक्षिण एसियाली खेलकुद सागमा कुनै नेपाली खेलाडी डोपिङमा नपरेको जनाएको छ । 

सागमा पाकिस्तानी खेलाडीले प्रतिबन्धित औषधी सेवन गरेको घटना सार्बजनिक भईरहेका बेला राखेपले भने कुनै पनि नेपाली खेलाडी डोपिङमा असफल नभएको स्पष्ट पारेको हो । राखेप सदस्य सचिव रमेश कुमार सिलवालले कुनैपनि नेपाली खेलाडी डोपिङमा नपरेको उल्लेख गर्नुभयो । 

१३ औ दक्षिण एसियाली खेलकुद सागको डोपिङ रिर्पोट आयोजक नेपालले सार्वजनिक नगरेपनि पाकिस्तानी एथलेट फेडरेशनका एक अधिकारीले आफ्ना ३ खेलाडी डोपिङमा असफल भएको जानकारी गराएका थिए । सिलवालले आफुलाई यो बिषयको प्रतिवेदन प्राप्त भएपनि दोस्रो पटकको परीक्षण नगरी सार्वजनिक गर्न नमिल्ने उल्लेख गर्नुभयो । अन्य मुलुकका खेलाडीको पनि परिक्षण रिर्पोट प्राप्त भईसकेको सिलवालको दावी छ ।

सागको एथलेटिक्सतर्फ २ स्वर्ण र एक कास्य जितेका पाकिस्तानी खेलाडी डोपिङ प्रकरणमा असफल भएको पाकिस्तानी एथ्लेट संघका एक अधिकारीले खुलासा गरेका थिए । उनीहरुलाई अन्तराष्ट्रिय एन्टी डोपिङ एजेन्सी वाडाको नियम अनुसार कारबाहिको प्रक्रिया अघि बढाईने तयारी भएको छ । दोस्रो चरणको रिर्पोटमा पनि असफल भएमात्र उनीहरुको पदक फिर्ता तथा अन्य कारबाहिको प्रक्रिया अघि बढ्नेछ । 


प्रतिक्रिया