मेरो मनशाय कसैलाई आघात पुर्‍याउने हैन : एन्फा अध्यक्ष शेर्पा

जेष्ठ २१, २०७७ | काठमाडौं

अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफुले कुनै समुदाय, भुगोल र वर्गमाथी आघात पार्ने गरि अभिब्यक्ति नदिएको स्पष्टिकरण दिनुभएको छ । 

अध्यक्ष शेर्पाले आज एक बिज्ञप्ती जारी गर्दै आफ्नो भनाईलाई तोडमतोड गरि बितृष्णा फैलाउने हिसाबले प्रचार गरिएको दाबी गर्नुभएको छ । उहाँले राष्ट्र र राष्ट्रियताका सबालमा एन्फा र आफुमा कुनै भ्रम रहेको जिकिर गर्नुभएको छ । उहाँले केही शब्दले कुनै भुगोल, सम्प्रदाय र वर्गमा परेको आघातप्रति क्षमा समेत माग्नुभएको छ । 

कर्माको विज्ञप्तीमा भनिएको छ, 'मेरो अभिप्राय वा भावना कुनैपनि भाषा, धर्म, वर्ग, लिंङग र सम्प्रदायका नेपालीको राष्ट्रियतामा प्रश्न गर्ने थिएन र कदापि होईन, अन्तवार्ताका क्रममा प्रयोग भएका शब्दले कसैको भावनामा चोट पुग्न गएको भए क्षमा याचना गर्दछु ।'

आफुले एउटा सर्बोच्च प्रशासनिक निकायको अध्यक्षका हैसियतले कसैमाथी भेदभाव नगरेको समेत अध्यक्ष शेर्पाले बताउनुभएको छ । एक अन्तवार्तामा शेर्पाले दिएको अभिब्यक्तिलाई लिएर चौतर्फी आलोचना भएसंगै अध्यक्ष शेर्पाले क्षमाचायनासंगै स्पष्टिकरण दिनुभएको हो । सोहि घटनालाई लिएर एन्फाभित्रैबाट उहांको राजिनामा पनि माग हुदै आएको छ ।  


प्रतिक्रिया