बर्नलीविरुद्ध म्यानचेष्टर सिटीको शानदार जित

असार ९, २०७७

– इङलिस प्रिमियर लिग फुटबलमा बर्नलीविरुद्ध म्यानचेष्टर सिटीले शानदार जित हासिल गरेको छ । गएराती भएको खेलमा म्यानचेष्टर सिटीले बर्नलीलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो । 

म्यानचेष्टर सिटीले पहिलो हाफमै ३ गोल गरेको थियो । सिटीको जितमा फिल फोडेन र रियाद माहरेजले समान दुई गोल गर्दा डेभिड सिल्भाले अर्को एक गोल थपे । जितसँगै सिटीले ३० खेलबाट ६३ अंक जोड्दै शिर्षस्थानमा रहेको लिभरपुलसँगको अंक दुरी २० मा झारेको छ ।

समान खेल खेलेको लिभरपुलको ८३ अंक छ । बर्नली भने ३९ अंकका साथ तालिकाको ११ औ स्थानमा छ । प्रिमियर लिग अन्र्तगत आज राती लेष्टर सिटी र ब्राइटन एण्ड होभअल्बियन बीच नेपाली समयानुसार पौने ११ बजे खेल हुनेछ । 


प्रतिक्रिया