आज राति बार्सिलोना र वार्यन म्युनिखबीच प्रतिस्पर्धा हुँदै

श्रावण ३०, २०७७

च्याम्पियन्स लिग फुटबलको तेस्रो क्वार्टरफाइनलमा आज राति बार्सिलोना र वार्यन म्युनिखबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने एक बजे पोर्चुगलको लिस्बोनमा हुनेछ । आजको खेलको विजेताले सेमिफाइनलमा भोली हुने म्यानचेष्टर सिटी र लियोनबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

अर्को सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन र लेप्जिङबीच खेल हुनेछ । जर्मेन एटलान्टालाई र लेप्जिङ एट्लेटिको मड्रिडलाई समान २–१ ले पराजित गर्दै अन्तिम चारमा पुगेका हुन् ।  


प्रतिक्रिया