विश्वकपको लागि युरोपेली समूहको ड्र आगामी डिसेम्बरमा

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ७, २०७७ | काठमाडौं

सन् २०२२ मा एशियाली राष्ट्र कतारमा हुने फिफा विश्वकप फुटबलको लागि युरोपेली समूहको ड्र आगामी डिसेम्बरमा हुने भएको छ । 

स्वीट्जरल्याण्डको जुरिचमा डिसेम्बर सात तारिखमा यूरोपेली छनोटको ड्र आयोजना हुने फुटबलको सर्वोच्च प्रशासनिक निकाय फिफाले जनाएको छ । तर, यसपटकको ड्र कोरोना महामारीका कारण भच्र्युअल माध्यमबाट हुनेछ । 

आगामी विश्वकपका लागि यूरोपेली छनोटमा ५५ देशको सहभागिता रहनेछ । १० समूहमा विभाजन गरेर खेलहरू होम एण्ड अवेको आधारमा खेलाइने छ । 

हरेक समूहको विजेताले कतार विश्वकपमा स्थान बनाउने छन । उपविजेताले प्लेअफ खेल्नेछन् । छनोट खेलहरु २०२१ को मार्च देखि नोभेम्बरसम्म सकिनेछ ।


प्रतिक्रिया