म्यान सिटी प्रिमियर लिगको तेस्रो स्थानमा, टटनह्यामको बराबरी

माघ १, २०७७ | काठमाडौं

म्यानचेस्टर सिटी इङ्गलीस प्रिमियर लिग फुटवलको तेस्रो स्थानमा उक्लिएको छ । गएराती ब्राईटन एण्ड होभ एल्बियनलाई १–० ले हराउँदै सिटीले शीर्ष तीनको यात्रा तय गरेको हो । 

घरेलु मैदानमा सिटीलाई जिताउन खेलको ४४ औं मिनेटमा फिल फोडेनले गरेको गोल निर्णायक बनेको थियो । १६ खेलबाट सिटीको ३२ अंक भएको छ । समान ३२ अंक भएपनि सिटीले लेष्टर सिटीलाई गोल अन्तरमा पछि पारेको हो । ब्राइटन भने १४ अङ्कमा तालिकाको १७ औं स्थानमा छ । 

गएराती नै टोटनह्याम र फुलह्यामले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा टटनह्यामले अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो । २५ औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । 

७४ औं मिनेटमा इभान काभालइरोले गोल गर्दै फुलह्यामलाई बरारबीमा पुर्याए । बराबरीसँगै छैटौं स्थानको टटनह्यामको १७ खेलबाट ३० अङ्क भएको छ । १८ औं स्थानको फुलह्यामको भने १२ अङ्क छ ।


प्रतिक्रिया