युनियन बर्लिन शीर्ष पाँचमा

माघ ३, २०७७ | काठमाडौं

युनियन बर्लिन जर्मन बुण्डेश लिगा फुटबलको चौथो स्थानमा उक्लिएको छ । १६ औं चरणको खेलमा गएराती वायर लिभरकुशेनलाई १–० ले हराउँदै युनियन बर्लिनले शीर्ष टोलीमाथी दबाव बढाएको हो । 

घरेलु मैदानमा बर्लिनलाई जिताउन खेलको ८८ औं मिनेटमा सेड्रिक टेउचेर्टले गरेको गोल निर्णायक बन्यो । खेलमा अधिकांश समय घरेलु टोलीलाई दबावमा राखेपनि लिभरकुशेनले पाएका अवसर सदुपयोग गर्न नसक्दा हार भोग्न बाध्य भयो । यो हारसँगै दोसो स्थानमा पुग्ने लिभरकुशेनको सपना पनि चकनाचुर भएको छ ।

बुण्डेश लिगा फुटबलमा आज बिभिन्न ६ खेल हुनेछन् । आज बोरुसिया डर्टमण्ड र माईन्ज, होफिनह्याम र आर्मेनिया विलफिल्ड, एफसी क्लोन र हार्था बर्लिन, वेडर व्रेमेन र अउक्सबर्ग, उल्फवर्ग र आरबी लाईपजिग तथा बोरुसिया मोन्चेनग्लाण्डबाख र स्टुटगार्ट प्रतिस्पर्धा गर्नेछन् ।   


प्रतिक्रिया