न्यु क्यासलबिरुद्ध आर्सनलको सहज जित

माघ ६, २०७७ | काठमाडौं

ईङ्लिश प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा आर्सनल विजयी भएको छ । न्यु क्यासल युनाईटेडलाई ३–० ले हराउँदै आर्सनलले सिजनको आठौं जित निकालेको हो । 

उसको जितमा पिरे एमेरिक आबुमियाङले २ तथा बुकायो साकाले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्सनलले सबै गोल खेलको दोस्रो हाफमा गरेको थियो । ५० औं मिनेटमा आबुमियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । साकाले ६० औं मिनेटमा टोलीको अग्रता दोब्बर पारे । 

खेलको ७७ औं मिनेटमा आबुमियाङले ब्यक्तिगत दोस्रो गोल गर्दा आर्सनल ३–० को बलियो अवस्थामा पुगेको थियो । त्यसपछिको समय दुबै टोलीले थप गोल गर्न नसक्दा सोही नतिजा निर्णायक बन्यो । १९ खेलबाट २७ अंक जोडेको आर्सनल तालिकाको १० औं स्थानमा उक्लिएको छ ।

प्रिमियर लिगमा आज थप २ खेल हुँदैछन् । आज वेष्टह्याम र बेष्टब्रोम तथा चेल्सी र लेष्टर सिटी प्रतिस्पर्धा गर्नेछन् ।  


प्रतिक्रिया