स्टेफानोस सितसिपास फ्रेञ्च ओपनको सेमिफाइनलमा प्रवेश

जेष्ठ २६, २०७८ | काठमाडौं

ग्रीसका स्टेफानोस सितसिपास फ्रेञ्च ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति सम्पन्न खेलमा रुसी ड्यानियल मेद्भेदेवलाई पराजित गर्दै उनी चौथोपटक ग्राण्डस्लामको सेमिफाइनलमा पुगेका हुन् ।

 मेद्भेदेवलाई ६–३, ७–६ र ७–५ ले पराजित गरेका २२ वर्षिय सितसिपासले सेमिफाइनलमा जर्मनीका छैटौं वरियता प्राप्त एलेक्जेण्डर भेरेभसँग स्पर्धा गर्नेछन् । सितसिपासले यसअघि २०१९ र २१ को अष्ट्रेलियन ओपिनको सेमिफाइनल खेलिसकेका छन् । त्यस्तै गत वर्ष पनि रोल्याण्ड गारोसमा उनी सेमिफाइनलसम्म पुगेका थिए ।

त्यस्तै महिलातर्फ स्लोभानीयाकी तामारा जिदान्चेक करियरकै पहिलो ग्राण्डस्लामको सेमिफाइनमा प्रवेश गरेकी छन । स्पेनी पाउला बडोसालाई दुई एकको प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै उनी अन्तिम ४ मा पुगेकी हुन् । तामाराले ७–५,४–६ र ८–६ को सेटमा पाउलालाई पराजित गरिन ।

विश्व बरियतामा ६१ औं स्थानमा रहेकी तमारा स्लोभानीयामा जन्मिएपनि कतारको दोहामा बस्दै आएकी छन् । यसअघि तामारा कुनैपनि ग्राण्डस्लाममा दोस्रो चरणभन्दा माथि जान सकेकी थिइनन् ।


प्रतिक्रिया