नेपाल एशिया कप फुटबलको तेस्रो चरणमा

असार २, २०७८ | काठमाडौं

नेपाल एशियन कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । विश्वकप तथा एशियन कप छनोटको अंक तालिकामा चौंथो स्थानमा रहेर टुंग्याएको नेपाल एशियाली फुटबल महासंघ एएफसीको परिवर्तित नियम अनुसार तेस्रो चरणमा प्रवेश गरेको हो । 

एएफसीले नियम परिमार्जन सार्वजनिक गरेको नयाँ ढाँचा अनुसार नेपालले सिधै तेस्रो चरणमा स्थान बनाएको हो । एएफसीको नयाँ ढाँचा अनुसार नेपाल १४ देखि ३२ सम्मको वरियतामा रहेकाले सोझै तेस्रो चरणको छनोटमा प्रवेश पाएको हो । 

छनोटको समूह बी मा रहेको नेपालले ६ अंक जोडेको थियो । नेपालले चाईनिज ताईपेलाई दुबै खेलमा हराएको थियो । 

तेस्रो चरणको छनोटमा २४ टिमको सहभागिता रहनेछ । प्ले अफमा चाईनिज ताईपे, इन्डोनेसिया, कम्बोडिया र गुआमले खेल्ने छन् । प्ले अफका दुई टोलीले तेस्रो चरणमा स्थान पक्का गर्नेछन् ।


प्रतिक्रिया