मच्छिन्द्र स्काई गोल्स् काठमाण्डौं र स्पोर्टस् क्यासल पोखरा विजयी

आश्विन ९, २०७८

पोखरामा जारी ए डिभिजन राष्ट्रिय फुटसल लिग अन्तर्गत आज मच्छिन्द्र स्काई गोल्स् काठमाण्डौं र स्पोर्टस् क्यासल पोखरा विजयी भएका छन् । पोखरास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको पहिलो खेलमा मछिन्द्र स्काई गोल्सले धरानको फुटसल फाइभविरुद्ध ७ –३ गोल अन्तरले जित निकालेको हो ।

 त्यस्तै आजै भएको दोस्रो खेलमा पोखरेली टोली स्पोर्टस क्यासलले लुम्बिनी फुटसल माथि फराकिलो जित दर्ता गरेको छ । स्पोर्टस क्यासलले लुम्बिनी फुटसल विरुद्व १२–१ गोल अन्तरको फराकिलो जित हासिल गरेको हो । यसअघि हिजो भएको खेलमा काठमाण्डौको शंखमूल फुटसल र घरेलु टोली सविन मेमोरियल विजयी भएका थिए । 


प्रतिक्रिया