साफ च्याम्पियनसिपमा उपविजेता बनेको राष्ट्रिय फुटबल टोलीलाई सरकारले पुरस्कृत गर्ने

कार्तिक १, २०७८

साफ च्याम्पियनसिपमा उपविजेता बनेको राष्ट्रिय फुटबल टोलीलाई पुरस्कृत गर्ने निर्णय सरकारले गरेको छ । टोलीका प्रत्येक खेलाडीलाई जनही ५ लाख रुपैयाँ र प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । 

मन्त्रिपरिषद्को आज बसेको बैठकले टोलीको सुधारिएको प्रदर्शनलाई ध्यानमा राख्दै खेलाडी र प्रशिक्षकलाई नगद सहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया