इङ्गलिस प्रिमियर लिग: चेल्सी बराबरीमा रोकियो

माघ ५, २०७८ | एजेन्सी

इङ्गलिस प्रिमियर लिग फुटवलको पछिल्लो खेलमा चेल्सी, ब्राइटन एण्ड होभ एल्बियनसँग बराबरीमा रोकिएको छ । तालिकाको तेश्रो स्थानमा रहेको चेल्सी बराबरीमा रोकिंदा सिजनको उपाधि जित्ने उसको योजनामा धक्का लागेको छ ।

 शीर्ष स्थानको म्यानचेष्टर सिटिसंग चेल्सीको १२ अंकको दुरी छ । चेल्सी र ब्राइटनले १–१ गोलको बराबरी गरेका हुन् । खेलको २८ औं मिनेटमा हाकिम जियचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएपनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य भएको हो । ६० औं मिनेटमा एडम वेबस्टरले बराबरीगरेपछि दुई टोली बराबरीमा चित्त बुझाउन बाध्य भएका हुन् । 


प्रतिक्रिया