युरोपा लिग: म्यानचेस्टर युनाइटेड पराजित

भाद्र २४, २०७९ | लन्डन

युरोपा लिगमा इङलिस प्रेमियरसिप लिडर आर्सनलले विजयी शुरुवात गर्दा म्यानचेष्टर युनाइटेडले हारबाट यात्रा शुरु गरेको छ । गएराति भएको खेलमा एफसी जुरिचलाई २–१ गोल अन्तरले हराउँदैआर्सनलले सुखद सुरुआत गरेको हो ।

मार्कविन्होस्ले १६ औं मिनटमै आर्सनललाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको ४४ औं मिनेटमा मिर्लिन्डले पेनाल्टीमा गोल गरेपछि जुरिचले १–१ गोलको बराबरी गर्‍यो ।

तर, खेलको ६२ औं मिनेटमा एडवार्ड एनकेटीहले गोल गरेपछि आर्सनलले २–१ को जित निकाल्यो । जितपछि समूह ए को आर्सनल शीर्ष स्थानमा रहेको छ ।

उता, म्यानचेष्टर युनाइटेड भने स्पेनिस क्लब रियल सोसिडाडसँग १–० ले स्तब्ध भएको छ । म्यान युनाइटेडको गृहमैदान ओल्ड ट्राफोडमा सोसिडाडलाई जित दिलाउन ब्रेइस मेन्डेजले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५९ औं मिनेटमा मेन्डेजले पेनाल्टीमा गोल गरेका थिए ।


प्रतिक्रिया