नेपाललाई पराजित गर्दै बंगलादेशलाई महिला साफको उपाधि

आश्विन ३, २०७९ | काठमाडौं

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । काठमाडौंस्थित दशरथ रंगशालमा आज भएको फाइनल खेलमा ३—१ गोल अन्तरले नेपाललाई पराजित गर्दै बंगलादेशले उपाधि हात पारेको हो ।

बंगलादेशले सामसुनाहारले खेलको १४ औं मिनेटमा गरेको गोलबाट अग्रता लिएको थियो । यस्तै श्रीमोती कृष्णरानी सरकारले ४२ औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएकी थिइन् । पुन ७७ औं मिनेटमा उनले दोस्रो गोल गरिन् ।

नेपालका लागि खेलको ७० औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाली टोलीलाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् । नेपालका लागि गोल गर्ने प्रयास पटक पटक असफल भएको थियो । आजको जितसँगै महिला साफ च्याम्पियनसिपको इतिहासमा बंगलादेश नयाँ विजेता थपिएको छ ।

यसअघिका पाँच संस्करणसम्म उपाधि हात पारेको भारत भने सेमिफाइनलबाटै घर फर्किएको थियो । आज पराजित भएसँगै नेपाल लगातर पाँचौंं पटक उपविजेता बन्दा बंगलादेश १ पटक विजेता र १ पटक उपविजेता बनेको छ । 


प्रतिक्रिया