सुदूरपश्चिम राजधानी कप फुटबलको खेल तालिका सार्वजनिक

रेडियो कान्तिपुर संवाददाता

आश्विन ५, २०७९

कैलालीको धनगढीमा आयोजना हुने सुदूरपश्चिम राजधानी कप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । आगामी शनिबारबाट धनगढी रंगशालामा सुरु हुने प्रतियोगितामा नवौं राष्ट्रिय खेलकुदमा सहभागीता जनाउने ७ टोली र एक घरेलु टोली गरी ८ टोलीको सहभागीता रहेको प्रतियोगिता संयोजक दिनेश श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समुहमा विभाजित गरिएको छ । समुह ए मा सुदुरपश्चिम प्रदेश रातो, कर्णाली प्रदेश, बागमती प्रदेश र प्रदेश नम्बर १ रहेका छन् । यस्तै, समुह बी मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम निलो रहेका छन् । प्रतियोगिताको विजेताले ५ लाख तथा उप विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको चौथो यो संस्करण हो ।


प्रतिक्रिया