विश्वकप लिग टुमा नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदै

रेडियो कान्तिपुर संवाददाता

मंसिर १६, २०७९

नामिबियामा जारी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालको पहिलो खेल आज हुंदैछ । पहिलो खेलमा नेपालले घरेलु राष्ट्र नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र नामिबिया बीचको खेल वाईन्डरस क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे बाट सुरु हुनेछ । यस सिरिजमा नेपाल, नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ ।

नेपाल र नामिबिया दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । ती दुवै खेल नामिबियाले जितेको छ । ६ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा रहेको छ । नामिबिया भने २७ खेलमा २७ अंकका साथ चौथो स्थानमा छ । हिजोबाट सुरु यस सिरिजमा नामिबिया पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो । नेपाल भने जित सहित सिरिजको सुरुआत गर्न चाहन्छ ।


प्रतिक्रिया