इटहरी गोल्डकपको तेस्रो क्वाटरफाइनलदमा आज मछिन्द्र र कञ्चनजंघा एफसी भिड्दै

चैत्र ६, २०७९ | सुनसरी

इटहरी गोल्डकप फुटबल अन्तर्गत तेस्रो क्वाटरफाइनलमा आज ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लब र पाहुना टोली भारतको कञ्चनजंघा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

इटहरी रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । आजको विजेताले साबिक विजेता मोरङको सगरमाथा क्लबसंग पर्सि बुधबार सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । सगरमाथा उद्धघाटन खेलमा क्यामरुनको एभिनियर फुटबल क्लबलाई पराजित गदै सेमिफाइनल प्रवेश गरेको हो । 

यसअघि हिजो भएको खेलमा घरेलु टोली राष्ट्रिय जागृति क्लबमाथि २–० को जित निकाल्दै चर्च ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 


प्रतिक्रिया