शीर्ष स्थानको चर्च ब्वाइजले रेलिगेशनको संकटासँग खेल्दै

जेष्ठ १३, २०८० | काठमाडौं

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेड र रेलिगेशन जोनमा रहेको संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ । चर्च ब्वाइज आज ११ औं जित निकाल्दै शीर्ष स्थानका कायम रहन चाहन्छ । यता पुछारबाट दोस्रो स्थानमा रहेको संकटा यस सिजनको छैटौं जितको खोजीमा हुनेछ । चर्च ब्वाइजको २१ खेलबाट ३८ अंक छ । समान खेल खेलेको संकटाले २३ अंक जोडेको छ ।

यसअघि दशरथ रंगशालामा दिउँसो २ बजे हुने खेलमा जावलाखेल युथ क्लब र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थानमा रहेको जावलाखेल आज दशौँ जितको खोजीमा हुँदा, एपीएफ आठौं जित निकाल्न चाहान्छ । जावलाखेलको २१ खेलबाट ३४ अंक छ । समान खेल खेलेको एपीएफ २६ अंकसहित आठौं स्थानमा छ ।

यता, ललितपुरको च्यासलस्थित मैदानमा दिउँसो ३ बजे हुने अर्को खेलमा दोस्रो स्थानको मछिन्द्र फुटबल क्लब र चौंथो स्थानमा रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्ने छन् । मच्छिन्द्र १० औं जित निकाल्ने योजनामा हुँदा, आर्मी आठौं जितको खोजीमा हुनेछ । मच्छिन्द्रको ३५ अंक भने आर्मीको २९ अंक जोडेको छ । प्रतियोगिता अन्तर्गत आजबाट दोस्रो लेगको नवौं चरणका खेलहरु सुरु हुँदैछन् ।


प्रतिक्रिया