भारत काभा महिला भलिबल च्यालेन्ज कपको उपाधी जित्न सफल

जेष्ठ १४, २०८० | काठमाडौं

काठमाडौंमा आयोजित काभा  महिला भलिबल च्यालेन्ज कपको उपाधी भारतले जितेको छ । त्रिपुरेश्वरस्थित खेलकुद परिषदको कभर्ड हलमा भएको फाइनलमा काजकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै भारतले उपाधी रक्षा गरेको हो ।

भारतले पहिलो सेट २५–१५ दोस्रो सेट २५–२२ र तेस्रो तथा अन्तिम सेटमा २५–१८ को जितेको हो । यसअघि भारतले सन् २०१९ मा नेपाललाई हराउँदै उपाधी हात पारेको थियो ।

यसैबीच आठ राष्ट्र सम्मिलित सो प्रतियोगितामा घरेलु टोली नेपाल तेस्रो भएको छ । उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै नेपाल तेस्रो भएको हो ।

पहिलो सेटमा २५–२० को अन्तरमा उज्वेकिस्तान पराजित भएपनि त्यसपछि पुनरागमन गरेको नेपालले दोस्रो सेट २५–१६, तेस्रो सेट २५–१५ र चौथो सेट २५–१३ ले हात पार्‍यो । 


प्रतिक्रिया