विश्वकप छनोटको खेल्ने नेपाली टोलीको घोषणा

जेष्ठ १५, २०८० | काठमाडौं

नेपाल क्रिकेट संघ क्यानले अर्को महिना जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोटका लागि १६ सदस्य टोलीको घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा अर्जुन साउद र किशोर महतोले पूनरागमन गरेका छन् । यस बाहेक नेपालले एसिसी प्रिमियर कपमा रहेका १४ खेलाडीलाई नै निरन्तरता दिएको छ ।

विश्वकप छनोटको अन्तिम तयारीका लागि नेपाल पर्सि बुधबार दक्षिण अफ्रिका जाँदैेछ । नेपालले विश्वकप छनोट अघि दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्ड तथा जिम्बावेमा युएई र ओमानसँग गरि चार वार्मअप म्याच खेल्नेछ । विश्वकप छनोटमा आयोजक जिम्बावे रहेको समूह ए मा नेपालसँगै पूर्व विश्वकप विजेता वेष्ट इन्डिज, नेदरल्याण्ड्स र अमेरिका छन् ।

प्रतियोगिता असार ३ देखि २४ गतेसम्म जिम्बावेमा हुँदैछ । नेपालले समूह चरणको पहिलो खेल असार ३ मा जिम्बावेसँग खेल्दा, असार ५ मा दोस्रो खेल अमेरिकासँग खेल्नेछ । यस्तै, असार ७ मा वेस्टइन्डिजसँग तेस्रो खेल खेल्दा, नेपालले समूह चरणको अन्तिम खेल असार ९ मा नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ ।


प्रतिक्रिया