नेपाल सुपर लिग फुटबलः विरगञ्ज विरुद्ध धनगढी २–१ गोलले विजयी

मंसिर १०, २०८० | काठमाडौं
नेपाल सुपर लिग फुटबल अन्तर्गत आज भएकोे खेलमा धनगढी फुटबल क्लब विजयी भएको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीले विरगञ्ज युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । धनगढीको जितमा दुबै गोल विदेशी खेलाडीले गरेका थिए ।
पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको ९१ औं मिनेटमा अहमद हिजाजीले निर्णायक गोल गर्दै धनगढीलाई जित दिलाएका हुन् ।
त्यसअघि दोस्रो मिनेटमा फोडे फोफानाले सुरुवाती गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा विरगञ्जका लागि घानाका खेलाडी ह्यान्स कोफीले पेनाल्टी मार्फत गोल गर्दै धनगढीको अग्रता बराबरीमा पु¥याएका थिए ।