झापा र मोरङ प्रधानमन्त्री कप कोशी छनोटको फाइनलमा

पुस २३, २०८० | सुनसरी

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको छनोटका लागि कोशी प्रदेशमा आयोजित प्रतियोगिताको उपाधीका लागि झापा र मोरङबीच प्रतिस्पर्धा हुने भएको छ । लिग चरणको अन्तिम खेलमा झापाले सुनसरी र मोरङले इलामलाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् । अपराजित झापा शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो ।

यता, दुई खेलमा जित र दुईमा हार व्योहोरेको मोरङ रनरेटमा अघि रहँदै शीर्ष दुई भित्र पर्न सफल भयो । यी दुईबीचको उपाधी भिडन्त पर्सि बुधबार हुने आयोजक सुनसरी जिल्ला क्रिकेट संघले जनाएको छ । इटहरीस्थित जनता क्रिकेट मैदानमा आज भएको खेलमा मोरङले इलामलाई ३ विकेटले हरायो । अर्को खेलमा झापाले घरेलु टोली सुनसरीलाई ३ विकेटले नै हरायो । फाइनल खेल पश्चात उत्कृष्ट प्रदर्शन गर्ने १८ खेलाडी समेटेर कोशी प्रदेशको तर्फबाट प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट खेल्ने टोली घोषणा गरिनेछ । प्रधानमन्त्री कप यहि पुष २८ गतेदेखी काठमाण्डौ र भैरहवामा आयोजना हुँदैछ । 


प्रतिक्रिया