आर्सनलसँग लिभरपुल स्तब्ध

माघ २२, २०८० | काठमाडौं

इंग्लिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा आर्सनलले लिभरपुललाई पराजित गरेको छ । घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले लिभरपुललाई ३–१ गोल अन्तरले हराएको हो । 

यो जितसँगै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दूरी दुई अंकमा घटाएको छ । आर्सनलका लागि बुकायो साका, ग्याब्रियल मार्टिनेली र लिआन्ड्रो ट्रोसार्डले समान एक/एक गोल गरे । 

लिभरपुलका लागि ग्याब्रियल म्यागाल्हेसले पहिलो हाफको अतिरिक्त समयमा एक गोल फर्काए । शीर्ष स्थानको लिभरपुलको २३ खेलबाट ५१ अंक छ भने समान खेल खेलेको आर्सनल ४९ अंक सहित दोस्रो स्थानमा रहेको छ ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेष्ट हम युनाइटेडलाई ३–० गोल अन्तरले हराएको छ । वेष्ट हमलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड शीर्ष ६ भित्र फर्किएको हो । 

रासमस होजलुन्डले एक र अलेजान्ड्रो गार्नाचोले व्यक्ति दुई गोल गरेपछि म्यान युनाइटेडले सहज जित दर्ता गर्‍यो । म्यान युनाइटेड ३८ अंक सहित छैठौं स्थानमा उक्लिएको छ भने वेष्ट हम ३६ अंक सहित तालिकाको सातौ स्थानमा छ ।

यस्तै, म्याथुस कुन्हाको ह्याट्रिकमा उल्भ्सले चेल्सीलाई स्तब्ध पार्दै तालिकाको शीर्ष १० मा फर्किएको छ । स्टामफोर्ड ब्रिजमा भएको खेलमा उल्भ्सले चेल्सीलाई ४–२ गोल अन्तरले हराएको हो । अर्को खेलमा बर्नमाउथले नटिङ्घम फरेस्टसँग एक–एक गोलको बराबरी खेलेको छ । 


प्रतिक्रिया