युरोपा लिग फुटबलको उपाधि एटलान्टालाई

तस्बिर : रोयटर्स 

जेष्ठ १०, २०८१ | काठमाडौं

एडेमोला लुकमनकोे सनसनीपूर्ण ह्याट्रिक गोलको मद्दतमा एटलान्टाले यूइएफए युरोपा लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । 

अविभा स्टेडियममा गएराति भएको खेलमा बायर लेभरकुजनलाई ३–० गोल अन्तरले पराजित गर्दै एटलान्टाले युरोपा लिग फुटबलको उपाधि उचालेको हो । 

एटलान्टाले युरोपेली फुटबलको कुनै पनि उपाधि जितेको यो पहिलो पटक हो । यस्तै, सन् १९७३ यता कोही खेलाडीले युरोपेली फुटबलको फाइनलमा गोल गरेको पनि यो पहिलो पटक हो । 

एटलान्टाको जितमा खेलको लुकमनले खेलको १२ औं, २६ औं र ७५ औं मिनेटमा गोल गरेका थिए । प्रशिक्षक जियान पिएरो गासपेरिनीको नेतृत्वमा एटलान्टाले पछिल्ला ५ वर्षमा चौथो पल्ट युरोपेली च्याम्पियन्स लिग खेलेको छ भने अहिले उपाधि चुम्न पनि सफल रह्यो । 

एटलान्टाले पछिल्ला ६१ वर्षयता कुनै पनि उपाधि जितेको पहिलो पटक हो । इन्टर मिलान र एसी मिलानको छायाँमा रहँदै आएको एटलान्टा अहिले क्लब इतिहासकै स्वर्णिण अवसरबाट गुज्रिरहेको छ ।

यो हारपछि जर्मन बुन्डेसलिगा क्लब बायर लेभरकुजनको ५१ खेलको अपराजित यात्रामा भने पूर्णविराम लागेको छ ।


प्रतिक्रिया