नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी–२० क्रिकेट खेल्ने

असार ८, २०८१ | काठमाडौं

नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी–२० क्रिकेट खेल्ने भएका छन् ।

आगामी जुलाईबाट हुने प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल, अलराउण्डर दिपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दिप लामिछानेले फ्रेन्चाइज लिग क्रिकेटमा सहभागीता जनाउने भएका हुन् ।

पौडेलले टोरन्टो नेशनल तथा ऐरी र लामिछानेले भ्यानकुभर नाइट्सबाट खेल्ने भएका हुन् ।

सम्बन्धीत क्लबहरुले उनीहरु यस सिजनका लागि अनुबन्धित भएको जनाएका ह्ुन् । सन् २०१८ बाट सुरु भएको प्रतियोगिताको यो संस्करणमा नेपालसहित पाकिस्तान अस्ट्रेलिया र बंगलादेशका खेलाडी समेत आबद्द भएका छन् ।

६ टोली सहभागी हुने सो प्रतियोगिता आगमी जुलाई २५ देखि अगष्ट ११ सम्म हुनेछ ।  


प्रतिक्रिया