भियतनामा आंधीका कारण ५८ जनाको मृत्यु

भाद्र २५, २०८१ | काठमाडौं

भियतनामको उत्तरी क्षेत्रमा टाइफुन यागीनामको आंधीका कारण आएको बाढी र पहिरोका कारण मृत्यु भएकाको संख्या ६५ पुगेको छ ।

३९ जना अझै बेपत्ता रहेको त्यहांको विपद् व्यवस्थापन निकायलाई उद्धत गर्दै रोयटर्सले जनाएको छ । घटनामा ७ यस ५० जना घाइते भएका छन् ।

आंधीले भियतनामको उत्तरपूर्वी तटमा प्रहार गर्दा औद्योगिक तथा आवासीय क्षेत्रहरूमा ठूलो विनाश निम्त्याएको छ ।

 स्थानीयसञ्चारमाध्यमका अनुसार सो क्षेत्रका अधिकांश नदीहरूले खतराको तह पार गरेका छन् ।

जसका कारण ग्रामिण इलाका र आवासीय क्षेत्रहरू डुबानमा परेका छन् । त्यस्तै, उत्तरी प्रान्त फु थोमा रहेको रेड नदीमाथिको ३० वर्ष पुरानो पुल भत्किँदा ८ जना बेपत्ता भएका छन् ।


प्रतिक्रिया