एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज

भाद्र २८, २०८१ | काठमाडौं

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २१ औं संस्करण आज हुँदैछ ।

नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंमा आज एक कार्यक्रमको आयोजना गरी अवार्ड विजेताको घोषणा गर्न लागेको हो । 

यस वर्ष उत्कृष्ट वर्ष खेलाडी पुरुषमा फुटबलर अनन्त तामाङ, क्रिकेटर रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरी, कराँतेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङ परेका छन् । 

यस्तै, वर्ष उत्कृष्ट महिला खेलाडीमा कराँतेकी एरिका गुरुङ, कबड्डीकी मेनुका राजवंशी, क्रिकेटर रुबिना क्षेत्री बेलबासे, फुटबलर सावित्रा भण्डारी र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ परेका छन् ।

 युवा वर्ष खेलाडीको मनोनयनमा क्रिकेटर अर्जुन कुमाल, भारोत्तोलनका हेमन्त पाल, फुटबलर प्रीति राई, टेबलटेनिसका सुजन गडाल र टेनिसकी सुनीरा थापा परेका छन् । 

वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा पारा तेक्वान्दाका कविराज नेगी लामा, कराँतेका कुशल श्रेष्ठ, क्रिकेटका मोन्टी देसाई, कबड्डीकी पार्वती राई र भारोत्तोलनका सञ्जय मर्हजन परेका छन् ।

यसैगरि पिपल्स च्वाईसमा क्रिकेटर गुलशन झा, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमती विष्ट, फुटबलर प्रिती राई तथा रग्बीका श्रीराम श्रेष्ठ प्रतिस्पर्धामा छन् । 

वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाईस अवार्ड विजेताले बजाज पल्सरको मोटरसाईकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले १ लाखरुपैयाँ सहित विभिन्न पुरस्कार प्राप्त गर्ने मञ्चले जनाएको छ ।


प्रतिक्रिया