प्रिमियर लिग फुटबलमा चेल्सीको दोस्रो जित

तस्बिर : रोयटर्स 

भाद्र ३०, २०८१ | काठमाडौं

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले दोस्रो जित हात पारेको छ । भाइटालिटी स्टेडियममा गएराति भएको खेलमा चेल्सीले बर्नमाउथलाई १– गोलले पराजित गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । 

चेल्सीको जितमा खेलको ८६ औं मिनेटमा क्रिस्टोफर एनकुन्कुले गरेको गोल निर्णायक बन्यो । यो नतिजासँगै चेल्सीको चार खेलबाट ७ अंक भएको छ । समान चार खेल खेलेको बर्नमाउनको ५ अंक छ । 

यस खेलमा कुल १४ पहेँलो कार्ड देखाइएको थियो । प्रिमियर लिगमा देखाइएको सर्वाधिक कार्डको कीर्तिमान हो । यी पहेँलो कार्डमध्ये ६ बर्नमाउथ र ८ चेल्सीको नाममा रह्यो ।

लिग अन्तर्गतको अन्य खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २–१ गोलले पराजित गरेको छ । लिग तालिकाका लगातार चौथो खेल जित्दै सिटी १२ अंकमा शीर्ष स्थानमा छ । 

लिभरपुल नटिङघम फरेस्टको हातबाट १–० गोलले पराजित रह्यो । यस्तै, एस्टन भिल्लाले एभरटनलाई ३–२ गोलले हराएको थियो । यसअघि म्यानचेस्टर युनाइटेडले साउथह्याम्टनलाई ३–० गोलले हराएको थियो । 


प्रतिक्रिया