साफ यू-१७ च्याम्पियनसिप खेल्न नेपाली टोली भुटान जाँदै

आश्विन २, २०८१

साफ यू–१७ च्याम्पियनसिप फुटबल खेल्न नेपाली राष्ट्रिय टोली आज भुटान जाँदैछ । पर्सि शुक्रबारदेखि असोज १४ गतेसम्म आयोजना हुने च्याम्पियनसिप खेल्न नेपाली टोली आज भुटान प्रस्थान गर्न लागेको हो । 

अखिल नेपाल फुटबल संघले हिजो एक कार्यक्रमबीच साफ यू–१७ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाई गरेको थियो । च्याम्पियनसिपमा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । 

नेपाल रहेको समूह ‘बी’ मा पाकिस्तान, आयोजक भुटान र श्रीलंका छन् । समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स र बंगलादेश छन् । नेपालले असोज ५ मा पाकिस्तानविरुद्ध खेल्दा, दोस्रो खेल असोेज ७ मा श्रीलंकासँग खेल्नेछ । 

नेपालले समूहको अन्तिम खेल असोज ९ मा घरेलु टोली भुटानविरुद्ध खेल्नेछ । दुवै समूहका शीर्ष दुई टाली सेमिफाइनल प्रवेश गर्नेछन् । च्याम्पियनसिपको फाइनल खेल असोज १४ मा हुनेछ ।


प्रतिक्रिया