एन्फा महिला लिगमा वालिङको जित चौंथो जित

आश्विन ३, २०८१ | काठमाडौं

स्याङ्जाको वालिङ नगरपालिकाले एन्फा महिला लिग फुटबलमा चौंथो जित हात पारेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा वालिङले बागमति युथ क्लबलाई ४–० गोलले पराजित गर्यो । 

वालिङको जितमा सिसी नान्टोंगो र ज्याक्लिन नसालीले समान २÷२ गोल गरिन् । 

जितसँगै ६ खेलबाट १२ अंक जोडेको वालिङ चौंथो स्थानमा उक्लेको छ । 

समान खेलबाट ४ अंक जोडेको बागमति पुछारबाट तेस्रो स्थानमा छ । 

लिग अन्तर्गत भोली हुने खेलमा विभायीय नेपाल एपीएफ क्लब र कोशी प्रदेश तथा त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया