नेपालगन्ज १० किमी नाइट रनको उपाधि मुकेश र गीतालाई

आश्विन ४, २०८१ | नेपालगञ्ज

नेपालगन्ज १० किमी नाइट रनको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मुकेश पाल र महिलातर्फ बाँके नरैनापुरकी गीता साहुले जितेकी छन् ।

धारा नेपालगन्ज म्याराथनको दशौं संस्करण विशेष बनाउन ‘दशौंमा दस इभेन्ट’ अन्तर्गत पहिलो कार्यक्रमका रुपमा भएको १० किलोमिटर रात्री दौडमा महिला खुलातर्फ ५९ मिनेट १६ दशमलव ५२ सेकेन्डमा दौड पूरा गर्दै गीता पहिलो भएकी हुन् ।

कोहलपुरकी स्वस्तिका शाही दोस्रो र सलिना थारु तेस्रो भइन् ।

संविधान दिवसका अवसरमा गएराति नेपालगन्जमा भएको रात्री दौडमा पालले ३१ मिनेटमा ७ दशमलव २१ सेकेन्डमा दौड पूरा गर्दै च्याम्पियन बनेका हुन् ।

एपिएफ क्लबका सन्तोष विक्रम बिष्ट दोस्रो र किरणसिंह बोगटी तेस्रो भए ।

दुवैतर्फको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो ले १० हजार रुपैयाँ प्राप्त गरेका छन् । 


प्रतिक्रिया